शाश्वत भारत रथ आज आइपुग्यो नक्सलबारी, पाँचवटा जिल्लाको परिक्रमा गर्ने

नक्सलबारी (निसं): रामकृष्ण मिशनको 125औँ वर्षगाँठको अवसरमा स्वामीजीको सन्देश जिल्लाहरूमा पुर्‍याउने उद्देश्य लिएर शाश्वत भारत रथ निकालिइयो। यो शाश्वत भारत रथ आज नक्सलबारी पुगेको छ। शाश्वत भारत रथ परिक्रमा जलपाईगढी रामकृष्ण मिशनद्वारा शुरू गरिएको हो। उक्त रथ आज नक्सलबारी हिन्दी हाई स्कुल पुगेपछि विद्यार्थीहरूलाई स्वामीजीको विभिन्न सन्देशबारे जानकारी गराइयो। यसपछि एउटा बाइक रेली पनि निकालिइयो। उक्त रेली विद्यालय प्राङ्गणबाट शुरू गरेर नक्सलबारी शारदा विद्यामन्दिरमा पुगेर समापन गरियो। उक्त रथ नक्सलबारीबाट खोरीबारी, घोषपुकुर, उत्तर दिनाजपुर हुँदै मालदाको परिक्रमा गरेर पुनः जलपाईगढी पुग्नेछ। यस सम्बन्धमा रामकृष्ण मिशनका सदस्य परितोष वर्धनले भने, यो रथ स्वामीजीको विचार तथा देशभक्तिको सन्देश फैलाउने उद्देश्य लिएर 5 वटा जिल्लामा परिक्रमा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


error code: 521 Built with ❤︎ by appycodes