सात घुम्ती बतीदेखि दुर्पिन गाउँ जाने सडकको निर्माण गरिदिने मागमा सांसद विष्टलाई ज्ञापन

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत रहेको सात घुम्ती बतीदेखि दुर्पिन गाउँ जाने सडकको निर्माण कार्य आजसम्म पूर्ण नभएकोले स्थानीय मानिसहरूलाई पर्न गएको समस्यालाई लिएर आज सातघुम्ती अनि दुर्पीन गाउँका मानिसहरूले दार्जिलिङका सांसद राजु विष्टलाई भेटेर एउटा ज्ञापन दिए। विष्टले यस अवधि यस समस्याको विषयमा पहल गरिदिने वचन दिए। यसबारे जानकारी दिँदै स्थानीय सातघुम्ती निवासी राजेन्द्र सुब्बाले सडक निर्माण कार्य शुरु गरिएको धेरै भए पनि आजसम्म पूर्ण हुन नसकेको अवगत गराउँदै यस सडकलाई लिएर केवल राजनीतिकरण मात्र भएको जनाए। तिनले यसै सन्दर्भलाई लिएर सांसद राजु विष्टलाई आज एउटा ज्ञापन दिएको जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *