‘साथे स्वजन, पासे स्वजन’ संस्थाद्वारा नानीहरूलाई पौष्टिक आहार वितरण

सिलगढी : केही शिक्षकहरूद्वारा सञ्चालित साथे स्वजन, पासे स्वजन नाम गरेको संगठनले कोरोना परिस्थितिमा धेरै समय अघिदेखि समाजमूलक कार्यहरू गर्दै आइरहेको छ। सिलगढी संलग्न शिवमन्दिरमा आज शिक्षकहरूद्वारा परिचालित उक्त संगठन तथा बाघडुग्रा युवा समाजको सहयोगितामा धेरैजना नानीहरूलाई पौष्टिक आहार वितरण गरियो। यस अवसरमा प्राण कुमार राय, प्रसुन सुन्दर तरफदार, मिजानुर अली, शर्मिष्ठा चन्द आदि उपस्थित थिए। संस्थाको तर्फबाट मिजानुर अलीले कोरोना महामारीको समयमा नानीहरूको लागि पौष्टिक आहार मात्र नभएर कोरोना संक्रमित कुनै पनि रोगीलाई यदि अक्सिजनको आवश्यकता परेको खण्डमा उक्त संस्थासित सम्पर्क गरे यसको व्यवस्था गरिदिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *