साथीहरूसित नदीमा नुहाउन गएका किशोरको नदीमा डुबेर मृत्यु

अलिपुरद्वार : अलिपुरद्वारको फालाकाटा ब्लक अन्तर्गत जटेश्वरको आश्रमपाडा संलग्न बिरकिटी नदीमा साथीहरूसित नुहाउन गएका नवौँ श्रेणीका छात्रको नदीमा डुबेर मृत्यु भएको छ। मृतक छात्र 14 वर्षीय जय साहा रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो दिउँसो जय आफ्ना 2 जना साथीसित आश्रमपाडा इलाकाको बिरकिटी नदीमा नुहाउन गएको समय नदीमा डुबेपछि साथीहरूले तिनलाई बचाउने प्रयास गरे तापनि असमर्थ भए। यसपछि तिनीहरूले घटनाबारे जयको परिवारका सदस्यहरूलाई बताए। घटनाको खबर पाएर जटेश्वर आउटपोस्ट पुलिस, रेस्क्यु टोली नदीमा ओर्लिएर किशोर खोजी शुरू गरे तापनि कुनै पत्तो लागेन। यसपछि आज बिहान 3 वटा स्पिड बोर्ड र गोताखोर नदीमा ओर्लिएर निखोज किशोरको खोजी शुरू गरेपछि लगभग 1 बजी किशोरको मृतदेह उद्धार भएको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतक किशोरको शव पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *