साथीको पत्नीलाई नै दुष्कर्म गरेको आरोप, आरोपी पक्राउ

सिलगढी (निसं): साथीले आफ्नो साथीकै पत्नीलाई दुष्कर्म गरेको आरोप लगाएको छ। यो घटना सिलगढीको प्रधान नगर थाना अन्तर्गत इलाकामा घटेको हो। पीडिताले गरेको अभियोगको आधारमा प्रधान नगर थाना पुलिसले आरोपी दुष्कर्मी साथीलाई पक्राउ गरेपछि आज तिनलाई अदालतमा पेश गरियो। आरोपीका नाम केशव कार्की (58) बताइएको छ। तिनी नेपालका निवासी हुन्। प्राप्त जानकारी अनुसार दुई दिन अघि नेपालबाट केशव कार्की आफ्नो एकजना साथी अनि तिनकी पत्नीसित सिक्किम घुम्नका लागि आएका थिए। केशव कार्की, साथी र तिनका पत्नी सिलगढी जंक्शनको एउटा होटलमा बसेका थिए। गत साँझ सिक्किम जान अघि साथी गाडी बनाउनका लागि ग्यारेज गएका थिए। यस अवधि होटलमा एक्लै भएको मौकाको फाइदा उठाएर केशव कार्कीले आफ्नै साथीको पत्नीलाई जबर्जस्ती दुष्कर्म गरेको बताइको छ। यसपछि आफ्नो लोग्ने आएपछि पत्नीले सम्पूर्ण घटनाको तिनलाई जानकारी दिए अनि पीडित महिलाले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेपछि आरोपीलाई पुलिसले पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *