सतीश छेत्रीको छोटो कविता सङ्कलन ‘गोजिका’ लोकार्पण

खरसाङ : खरसाङका युवा कवि सतीश छेत्रीको छोटो कविताहरूको सङ्कलन गोजिकालोकार्पण गरियो। श्रेया कम्प्युटरी, लोअर सिरूबारी खरसाङको प्रकाशनमा कवि सतीश छेत्रीको उक्त कविता संग्रह गोजिकाभारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासी-को बाहुलीबाट गरियो। कवि सतीश छेत्रीको यो तेस्रो कविता कृति हो। तिनको पूर्व प्रकाशित सिर्जनाहरूमा सौगात‘ – गीति एल्बम सन् 2002, पहिलो कविता संग्रह आँखाहरू साह्रै दोषी हुन्छन्‘  सन् 2007 र रङ्ग महीमा‘  कविता सङ्ग्रह सन् 2014-मा साहित्य अकादमी दिल्लीद्वारा प्रकाशित छन्। कवि सतीश छेत्रीद्वारा विभिन्न समयमा विभिन्न स्थानहरूमा स्वलिखित, निर्देशित पूर्णाङ्की तथा एकाङ्की नाटकहरू मञ्चित र प्रदर्शित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *