सतपालजी महाराजसँग जोरथाङमा मुख्यमन्त्री गोलेको भेट

नाम्ची : हाल सपरिवार सिक्किम भ्रमणमा रहेका उत्तराखण्डका पर्यटन मन्त्री तथा मानव धर्मका प्रणेता सतपालजी महाराजले आज सिक्किमका मुख्यमन्त्री पीएस गोलेलाई जोरथाङस्थित पावर गेस्ट हाउसमा औपचारिक भेट गरे। यस भेट अवधि दुवैमाझ एकअर्कालाई उपहार प्रदान गर्नको साथै सिक्किम अनि उत्तराखण्डको पर्यटन विषयलाई लिएर पनि चर्चा परिचर्चा गरिएको बताइएको छ। मुख्यमन्त्रीको अनुरोधमा जोरथाङ आइपुगेका सतपालजी महाराजलाई गत 2016-मा पाक्योङस्थित मानव उत्थान सेवा समितिको भवन निर्माणको निम्ति शिलान्यास तिनताकको राज्य सरकारले गरे तापनि सो हालसम्म पुरा नभएकोबारे अवगत गराउँदै यसको निर्माणको निम्ति आफ्नो सरकारद्वारा आर्थिक सहयोग पुर्‍याउने मुख्यमन्त्री गोलेले वचन दिए। उक्त भेट अवधि सतपालजीले सिक्किम सरकारद्वारा राज्यको विभिन्न ठाउँहरूमा निर्माण गरिएको धार्मिक स्थलहरूको प्रशंसा गरे भने दुई राज्यमाझ पर्यटनलाई बढावा दिनेबारे सहमति जनाए। भेट अवधि राज्यका विद्युत मन्त्री एमएन शेर्पा, सालघारी जुम समष्टिका विधायिका श्रीमती सुनिता गजमेर, मुख्यमन्त्रीका महासचिव एसडी ढकाल, नाम्चीका एसडीएम विष्णु लामा, जोरथाङका एसडीएम आरबी भण्डारीलगायत राज्यका अन्य शीर्ष प्रशासनिक अधिकारीहरू पनि उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *