सात सूत्री मागमा सीपीआईएम नक्सलबारी एरिया कमिटीद्वारा बीडीओलाई ज्ञापन

नक्सलबारी : सीपीआईएम नक्सलबारी एरिया कमिटीको तर्फबाट सात सूत्रीय मागलाई लिएर नक्सलबारी बीडीओलाई ज्ञापन पत्र चढाइयो। सीपीआईएम नक्सलबारी एरिया कमिटीका कार्यकर्ताहरूले आज पार्टी कार्यालयबाट एउटा र्‍याली निकालेर बीडीओ कार्यालय पुगे। यस अवसरमा सीटुका जिल्लाध्यक्ष गौतम घोष, माधव सरकार, झरेण राय, प्रणब भट्टाचार्य लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। सीटु जिल्लाध्यक्ष गौतम घोषले पेट्रोलियम पदार्थ लगायत अन्य विभिन्न समानहरूको मूल्यवृद्धिको विरोध, मनीराम पञ्चायतका सुरजबेरमा पुलिस प्रशिक्षण क्याम्पको लागि कृषि जमीन अधिग्रहण गर्ने प्रस्तावको विरोध तथा पञ्चायत चुनाउ गरिनुपर्ने मागलाई लिएर उक्त ज्ञापन पत्र चढाएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *