सत्ताधारी पार्टीको भ्रष्टाचारविरुद्ध नक्सलबारीमा भाजपा-द्वारा विक्षोभ प्रदर्शन

नक्सलबारी : सत्ताधारी पार्टीको भ्रष्टाचारको विरोधमा नक्सलबारीमा भाजपाद्वारा विक्षोभ प्रदर्शन गरियो। भाजपाका नेता तथा कार्यकर्ताहरूले आज नक्सलबारी बीडीओ अफिस घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। यस अवधि भाजपाका नेता तथा कार्यकर्ताहरूले गाई-गोरू चोरी, टेटमा भ्रष्टाचार लगायत सरकारी परियोजनाको नाम परिवर्तन गरेको आरोप लगाउँदै राज्यका शासक दलले पदत्याग गर्नुपर्ने नारा लगाए। उक्त विक्षोभ प्रदर्शनमा जिल्ला उपाध्यक्ष दिलीप बारूई, नान्टु पाल, महिला जिल्ला सभानेत्री शिखा मैत्र, शिव साहानी लगायत अन्य उपस्थित थिए। यस अवसरमा नान्टु पालले भने, राज्यभरिमै तृणमूल कङ्ग्रेस भ्रष्टाचारमा लिप्त रहेको छ। नक्सलबारी ब्लकमा पनि धेरै भ्रष्टाचार भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *