सत्ताधारी पार्टीको कारणले गर्दा पहाडका चियाकमानहरू बन्द भएको हो: डीके गुरूङ

दार्जिलिङ: पहाडको सत्ताधारी पार्टीको कारणले गर्दा चारवटा चिया बगानहरू बन्द भएको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङले आरोप लगाएका छन्। मिलिङ चियाकमानमा आज हाम्रो युवा शक्ति समूहको जन चेतना यात्राको आयोजना गरियो। उक्त जन चेतना यात्रामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङ मुख्य रूपमा उपस्थित थिए। यस अवसरमा अध्यक्ष डीके गुरूङले भने, जीटीएको सत्तामा आसिन पहाडको राजनैतिक पार्टीले गर्दा नै दसैँको मुखैमा पहाडको चारवटा चिया कमानहरू बन्द भएको हो। यी चिया कमानहरूको किनबेचको अवधि हामी जोइन्ट फोरमको पक्षबाट सरकारलाई सहभागिता गराउनु पर्छ भन्ने माग गरेका थियौ। किनभने उक्त चियाकमानहरूको छुट्टै समस्या रहेको थियो तर हाम्रो मागलाई बेवास्ता गरेर जीटीए र पहाडको सत्तादल यी चियाकमानहरू नयाँ मालिकलाई सुम्पिएको गर्दा नै आजको स्थिति उत्पन्न भएको गुरूङले बताए। तिनले अझ भने, गत 2016 सम्म पहाडको चिया श्रमिकहरूले 20 प्रतिशत पुजा बोनस एकै किस्तामा पाउँदै आएका थिए भने 2017 देखि पहाडको चिया श्रमिकहरूले धेरै बैठकहरूपछि दुई किस्तामा 20 प्रतिशत पुजा बोनस पाउँदै आइरहेका छन्। तर यसपल्ट पुजा बोनसको विषयमाथि दुईवटा बैठकहरू भइसके तापनि पुजा बोनसको छिनोफानो हुने छाँट देखा परेको छैन। पहाडको स्थिति सोचनीय बन्दै जाँदैछ। चिया श्रमिकहरूको अवस्था अझ खराब बन्दै जाँदैछ। पहाड र चिया श्रमिकहरूको स्थितिलाई केवल हाम्रो पार्टीले मात्र समाधान गर्न सक्छ किन भने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स एकजना इमान्दार नेता हुन्। जब जब चिया श्रमिकहरूलाई समस्या आइपर्छ तब तब हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स श्रमिकहरूको पक्षमा सदा खडा भएको छ भनी गुरूङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *