सावन महिनाभरि अम्बटे शिवालय बन्द राख्ने निर्णय

खरसाङ : बढ़दो कोरोना संक्रमणलाई मध्यनजर राखेर यस खरसाङ क्षेत्रको प्रख्यात धार्मिक स्थल अम्बटे शिवालयमा यस वर्ष सावन महिनाभरि बन्द राखिने मन्दिर संचालन लिएको जानकारी समितिको पक्षबाट सभापति प्रभु छेत्रीले दिएका छन्। तिनले यस अवधि भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै कोरोना संक्रमणबाट मानिसहरूलाई बचाउने उद्धेश्यलेनै यस वर्ष यो सावन महीनाभरिनै मन्दिरलाई बन्द राखिने बताए। विशेषगरी सावन महिनामा मन्दिरमा अत्याधिक भीड़ लाग्ने हुनाले मन्दिर संचालन समितिले यस प्रकारको निर्णय लिएको थप जानकारी सभापति छेत्रीले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *