सयदिने रोजगार कार्य अन्तर्गत सड़क निर्माण कार्य धमाधम

खरसाङ: केन्द्रको सयदिने रोजगार कार्य अन्तर्गत सड़क निर्माण कार्यमा थप बल प्रदान गर्दै खरसाङ खण्डको अम्बटे चियाबारीको पाँचघरे तल्लो गाउँका मानिसहरूले श्रम दान गरेर सड़क निर्माण गर्ने कार्य सम्पन्न गरिरहेका छन्। सयदिने रोजगारको कार्यसँगै क्षेत्रवासीले प्रत्येक दिन श्रमदान गरेर सड़कलाई सजिलो र सुगम बनाउने कार्य गरिरहेका छन्। सरकारको सयदिने रोजगारको कार्यसँगै गाउँवासीले प्रत्येक दिन सड़क निर्माणको निम्ति श्रमदान गर्ने गरेको यसबारे स्थानीय जय कुमार थापाले जनाउँदै सहयोगी सबैप्रति आभार व्यक्त गरे। तिनले सड़क निर्माणको निम्ति गाउँका मानिसहरूले आफ्नो जमीन समेत दान गरेको अवगत गराउँदै तिनीप्रति पनि विशेष आभार प्रकट गरेका छन्। थापाले यस सड़क निर्माण कार्यमा पाण्डु ग्राम पञ्चायत अनि खरसाङ खण्ड विकास कार्यालयले पनि धेरै सहयोग प्रदान गरेको अवगत गराउँदै आगमी दिनहरूमा पनि विभागबाट यस्तै सहयोग प्राप्त हुने कुरोमा आफुहरू आशावादी रहेको बताए। यो सड़क चाँड़ो निर्माण भए यी क्षेत्रका मानिसहरूलाई धेरै सुविधा प्राप्त हुने बताउँदै तिनले यसैको निम्ति यस क्षेत्रका मानिसहरूले प्रत्येक दिन धेरै खटेर काम गरिरहेको पनि अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *