सय दिने रोजगारको काम पुन: चालु गराउनु पर्ने र बाँकी रकम भुक्तान गरिनु पर्ने मांगलाई लिएर माकपा-ले चढायो ज्ञापन

खरसाङ (निसं) : भारतीय माक्सवादी कम्युनिष्ट पार्टी (सीपीआईएम) को तर्फबाट आज सय दिने रोजगारको काम पुन: चालु गराउन पर्ने र बाँकी रहेको रकम भुक्तान लगायत अन्य माग गर्दै एउटा टोलीले भेटेर खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन चढाएको छ। उक्त प्रतिनिधि टोलीमा रहेका सीपीआईएम-को दार्जिलिङ जिल्ला कमिटी सदस्य उत्तम शर्मा, सचिव मण्डली सदस्य सचिन खाती, क्षेत्रीय कमिटी सदस्या अनिमा खवास, चेतन गुरुङ आदिले खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासलाई तिनकै कार्यालयमा भेट गरेर उक्त ज्ञापन सुम्पेका छन्। सीपीआईएम-ले राज्यभरी सयदिने रोजगारको काम पुन: चालु गराउन मांग गर्दै धरना प्रदर्शन गरिरहेको छ भने यता, पहाडमा खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्य भइरहेको छ। सीपीआईएम-ले सयदिने रोजगारको काम पुन: चालु गराउन पर्ने, विगत दुई वर्षदेखि काम गरेको रहल पैसा पाउनु पर्ने, सय दिने रोजगारको काममा एक सय दिनबाट बढ़ाएर दुई सय दिन बनाउनु पर्ने आदि जस्ता मांगहरू गरिएको छ। यस ज्ञापन पत्र विषयमा खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै सीपीआईएम-को जिल्ला सदस्य उत्तम शर्माले विस्तृत रुपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *