सायन्तन बसुले रङ्गालीबाजनामा भाजपा प्रार्थी मनोज टिग्गाको समर्थनमा गरे चुनाउ प्रचार

मदारीहाट : भाजपा नेता सायन्तन बसुले मदारीहाट बीरपाड़ा ब्लकको रङ्गालीबाजना ग्राम पञ्चायत अन्तर्गत मदारीहाट विधानसभाको प्रार्थी मनोज टिग्गालाई साथमा लिएर चुनाउ प्रचार शुरू गरे। आज सायन्तन बसुले चुनाउ प्रचार अवधि मदारीहाट विधानसभाका विधायकमा भ्रष्टचार नरहेको भन्दै यसपल्ट बङ्गालमा परिवर्तनको लहर चलिरहेको छ भनी बताए। आउँदो विधानसभा चुनाउमा भाजपाले 200 भन्दा अधिक आसनमा जीत हासिल गर्ने बताए। यदि चुनाउमा मनोज टिग्गाले जीत हासिल गरे तिनलाई राज्यको एउटा महत्वपूर्ण विभागमा मन्त्री बनाइने बताउँदै मनोज टिग्गालाई रिकर्ड भोटले जित्नको लागि कार्यकर्ताहरूलाई साथमा लिएर घर-घरमा गएर चुनाउ प्रचार गर्ने आहवान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *