‘से नो टू ड्रग्स’ अभियानलाई सहयोग गर्दै साधारण मानिसहरूले मादक पदार्थ बिक्री गर्ने 2 व्यक्तिलाई पक्रेर सुम्पिदिए पुलिसलाई

सिलगढी :  सिलगढी मेट्रोपलिटनका कमिश्नर गौरव शर्माले सहरलाई नशा मुक्त बनाउने उद्देश्य लिएर से नो टू ड्रग्स अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत पुलिसले लगातार धरपकड़ अभियान चलाइरहेको छ भने साधारण मानिसहरूले समेत पुलिसको उक्त अभियानमा सहयोग गर्दै सहरमा मादक पदार्थको क्रय-विक्रय गर्नेहरूलाई पक्रेर पुलिसलाई सुम्पिरहेको बताइएको छ।  आज सिलगढी नगरनिगमको 2 नम्बर वार्डमा यस्तै दृश्य देखियो। आज अपरान्ह 4 जना व्यक्ति प्रतिबन्धित नशालु ट्याबलेट, इन्जेक्शन बिक्री गर्ने उद्देश्यले सिलगढीको 2 नम्बर वार्ड अन्तर्गत बाघाजतिन कोलनीमा पुगेपछि स्थानीय मानिसहरूले तिनीहरूलाई पक्रेर पुलिसलाई यसबारे खबर दिए। तर पुलिस घटनास्थलमा आइपुग्न अगावै 2 जना व्यक्तिले मौकाको फाइदा उठाएर त्यहाँबाट चम्पट कसे। प्रधान नगर थाना पुलिसलाई घटनास्थलमा पुगेर अन्य 2 जना व्यक्तिलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *