एसबीआई-को तर्फबाट सिलगढीमा लोन मेलाको आयोजना

सिलगढी : स्टेट ब्याङ्क अफ इन्डियाको तर्फबाट आज सिलगढीको वर्द्धमान रोड संलग्न स्पेशलाइज्ड पर्सनल ब्याङ्किङ शाखा परिसरमा लोन मेलाको आयोजना गरियो। पूजा अगावै डिपार्टमेन्ट अफ फाइनेन्शियल सर्भिसेसको गभर्नमेन्ट अफ इन्डियाको विभिन्न स्पन्सर स्कीमहरू रहेकोले यसको प्रचारको लागि उक्त लोन मेलाको आयोजना गरिएको बताइएको छ। उक्त लोन मेलाको उद्घाटन सिलगढी एडिशनल डिस्ट्रिक्ट मजिस्ट्रेट प्रेम कुमार बरदेवाले गरे। यसको साथै नर्थ बंगाल एन्ड सिक्किमका डिप्टी जनरल म्यानेजर नीरज प्रसादले पनि उक्त लोन मेलाको निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *