एसबीआई मिरिक शाखाका दुईजना कर्मचारी कोरोना संक्रमित भएपछि आजदेखि ब्याङ्क बन्द

मिरिक : एसबीआई मिरिक शाखाको दुईजना कर्मचारी कोरोना संक्रमित भएपछि एसबीआई ब्याङ्क बन्द गरिएको छ। मिरिक कृष्णनगर इलाकामा रहेको एसबीआई मिरिक शाखाका प्रबन्धक प्रणय शंकरले आज यसबारे जानकारी दिएका छन्।


तिनले उक्त ब्याङ्क आजदेखि केही दिनसम्म बन्द रहने बताउँदै शाखाका अन्य कर्मचारीहरूको रिपोर्टको प्रतीक्षमा रहेको जनाए। यसको साथै तिनले ब्याङ्कका कर्मचारीहरूको सम्पर्कमा आएका ग्राहकहरूलाई घरमै क्वारेन्टाइनमा बस्ने साथै स्वाब टेस्ट गर्ने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *