स्कुल-कलेज चाँडै खोलिनुपर्ने मागमा भाजपाद्वारा सिलगढीमा प्रतिवाद कार्यक्रम 

सिलगढी : स्कुल, कलेज लगायत सबै शिक्षा प्रतिष्ठानहरू खोलिनुपर्ने मागमा भाजपाले विक्षोभ प्रदर्शन गर्यो। दार्जिलिङ जिल्ला भाजपाको तर्फबाट आज सिलगढीको बाघाजतीन पार्क अघि हातमा प्ला कार्ड बोकेर विक्षोभ प्रदर्शन गरियो। यस अवसरमा सिलगढीका विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, डाबग्राम फुलबारीका विधायक शिखा च्याटर्जी लगायत अन्य उपस्थित थिए। यस विषयमा आनन्दमय बर्मनले भने, कोरोनाले गर्दा राज्यमा आंशिक लकडाउन रहे तापनि हाल सरकारद्वारा सबैमा छुट दिइसकेको छ भने शिक्षा प्रतिष्ठानहरू किन हालसम्म बन्द राखेको छ भन्ने कुरा बुझ्न नसेको जनाए। आफूहरूले यस सम्बन्धमा धेरैजना मानिसहरूसित कुराकानी गर्दा सबैजना स्कुल-कलेज खोल्ने पक्षमा रहेको बताए। धेरै समयदेखि स्कुल, कलेजहरू बन्द रहेकोले गर्दा विद्यार्थीहरूको पढाइमा धेरै नोक्सान भइरहेको छ। यसैले गर्दा स्कुल-कलेजहरू चाँडै खोलिनुपर्ने आफूहरूको माग रहेको बर्मनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *