स्कुल-कलेजहरू खोलिनुपर्ने मागमा अलिपुरद्वारमा प्रतिवाद र्‍याली

अलिपुरद्वार : स्वास्थ्य विधि पालन गर्दै चाँडै स्कुल-कलेजहरू खोलिनुपर्ने माग गर्दै आज छात्र शिक्षक अभिभावक मञ्चको तर्फबाट अलिपुरद्वार सहरमा प्रतिवाद र्‍याली निकालिइयो। प्राप्त जानकारी अनुसार अलिपुरद्वारको माधवमोड इलाकाबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि अलिपुरद्वारमा विद्यालय परिदर्शकको कार्यालय अघि विक्षोभ प्रदर्शन गरे। यसको साथै एउटा ज्ञापन पत्र पनि चढाए। विक्षोभकारीहरूको भनाइअनुसार, आफूहरू अनलाइन क्लासको पक्षमा नरहेको साथै सबै स्वास्थ्य विधि पालन गरेर स्कुल-कलेजहरू खोलिनुपर्ने तिनीहरूले माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *