स्कुल-कलेजहरू खोलिनुपर्ने मागमा अल इन्डिया महिला सांस्कृतिक संगठनद्वारा सिलगढीमा धरना प्रदर्शन

सिलगढी : कोरोनाको सबै नियमहरू पालन गर्दै स्कुलहरू खोलिनुपर्ने, नयाँ राष्ट्रिय शिक्षानीति चाँडै रद्द गरिनुपर्ने माग गर्दै आज अल इन्डिया महिला सांस्कृतिक संगठनका सदस्यहरूले विद्यार्थी तथा तिनीहरूको अभिभावकहरूलाई साथमा लिएर सिलगढीमा गाँधीजीको सालिग नजिक धरना प्रदर्शन गरे। संगठनको तर्फबाट रीता ठाकुरले बताएअनुसार राज्यमा हाल सबै खुल्ला रहे तापनि कोरोनाको सबै नियमहरू पालन गर्दै स्कुलहरू खोलिनु पर्ने विषयमा राज्य सरकार मौन रहेको छ। राज्यमा पान घर खुल्ला रहे तापनि पाठशालाहरू बन्द रहेकोले विद्यार्थीहरूको भविष्य अन्धरमय बन्न पुगेको छ। यसैले चाँडै स्कुल-कलेज तथा शिक्षा प्रतिष्ठानहरू खोलिनुपर्ने ती धरना प्रदर्शनकारीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *