स्कुल बन्द गराउन गएका वामपन्थीहरूलाई लखेटे प्रधानाध्यापिकाले

सिलगढी : कोलकाता नवान्न अभियान अवधि वाम र कङ्ग्रेसका छात्र संगठनमाथि पुलिसले गरेको लट्ठीचार्जको प्रतिवाद जनाउँदै आज विभिन्न वाम संगठनहरूले राज्यभरिमै 12 घण्टा बन्द बोलाएको छ। आज बिहानैदेखि सिलगढी सहरमा बन्दलाई सफल बनाउने वामपन्थीको छात्र संगठन लगायत अन्य संगठनहरू सडकमा ओर्लिएका छन्। यसको साथै बन्द समर्थकहरूले आज सिलगढी सहरमा बाइक र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्दै सहरको विभिन्न ठाउँहरूमा खुल्ला रहेको दोकानपाटहरू बन्द गर्न लगाए। अर्कोतिर, कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर लगभग एक वर्षसम्म बन्द अवस्थामा रहेको स्कुलहरू आजदेखि आंशिक रूपमा खोलिएको छ। वाम नेता तथा कार्यकर्ताहरू आज सिलगढी उच्च बालिका विद्यालय पुगेर विद्यालय बन्द गराउने प्रयास गर्दा प्रधान अध्यापिका अत्युहा बागचीले तिनीहरूलाई स्कुलबाट निस्कने निर्देश दिइन्। केही महिनापछि आज स्कुल खोलिएको छ भने विद्यार्थीहरूको पढाइमा कुनै प्रकारको बाधा हुन नदिने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *