स्कुलबाट घर फर्किरहेको समय सडक दुर्घटनामा परेर 5 वर्षीय विद्यार्थीको मृत्यु

सिलगढी : स्कुलबाट घर फर्किरहेको समय सडक दुर्घटनामा परेर 5 वर्षीय विद्यार्थीको मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटना सिलगढी मेडिकल मोड संलग्न इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो 5 वर्षीय अनुप्रिया आफ्नो बाबु अनुप कुमारसित बाइकमा सवार भएर स्कुलबाट घर फर्किरहेको समय मेडिकल मोड संलग्न इलाकामा एउटा ट्रकले बाइकलाई धक्का दिँदा अनुप्रिया गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते अवस्थामा बालिकालाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर ट्राफिक एडीसीपी पूर्णिमा शेर्पा घटनास्थलमा पुगिन्। उक्त इलाकाको सीसीटीभी फुटेजको सहयोगमा घटनाको जाँच गरिने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *