स्कुल बस र बाइक ठोक्किँदा बाइक चालकको मृत्यु

राजगञ्ज: स्कुल बस र बाइक आपस्तमा ठोक्किँदा बाइक चालकको मृत्यु भएको छ। उक्त घटना आज साँझ सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको राजगञ्जको फाटापुकुर मोड इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार राजगञ्जको एउटा स्कुल बस विद्यार्थीहरू बोकेर फाटापुकुर हुँदै सिलगढीतर्फ गइरहेको समय फाटापुकुर मोड इलाकामा एउटा बाइकसित सोझै ठोक्किँदा घटनास्थलमै बाइक चालकको मृत्यु भएको बताइएको छ। स्कुल बसले पछिल्तिरबाट बाइकलाई सोझै धक्का दिएको आरोप रहेको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *