स्कुल, कलेज एवम् विश्वविद्यालय खोलिनुपर्ने मागमा एआईडीएसओ-द्वारा जलपाईगढीमा पथ अवरोध

जलपाईगढी : स्कुल, कलेज एवम् विश्वविद्यालय खोलिनुपर्ने माग गर्दै एआईडीएसओ-ले सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरिरहेको छ। यसै क्रममा आज संगठनका विद्यार्थी, नेता तथा कार्यकर्ताहरूले जलपाईगढीको कदमतला मोडमा पथ अवरोध गरे। तिनीहरूको भनाइअनुसार हाल सबै खुल्ला रहे तापनि केवल शिक्षा प्रतिष्ठानहरू बन्द रहेकोले विद्यार्थीहरूलाई पढाईमा निक्कै नोक्सान भइरहेको छ। यसैले सबै विद्यार्थीहरूलाई कोरोनाको खोप लगाएर स्कुल, कलेज, विश्वविद्यालयहरू खोलिनुपर्ने साथै कोरोना परिस्थितिमा स्कुल, कलेजहरूको फिस माफ गरिनुपर्ने, उच्च माध्यमिकमा उतीर्ण भएका सबै विद्यार्थीहरूलाई कलेज भर्नाको व्यवस्था गरिनुपर्ने प्रदर्शनकारीहरूले माग गर्दै पथ अवरोध गरेको बताइएको छ। अर्कोतिर, संगठनका नेता तथा कार्यकर्ताहरूले डीआई अफिस अघि विक्षोभ प्रदर्शन गर्नको साथै विविध मागलाई लिएर डीआई अधिकारीसित भेट गरेर एउटा ज्ञापन पनि चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *