स्कूल फीस माफ गरिनु पर्ने मागमा सिलगढीको मारग्रेट स्कूलका विद्यार्थीहरूद्वारा विरोध प्रदर्शन

सिलगढी: कोरोना महामारीमा स्कूलको शुल्क (फीस) माफ गरिनु पर्ने मागमा अभिभावकहरूले अगावैदेखि आन्दोलन गर्दै आइरहेका थिए। तर अब विद्यार्थीहरूले पनि स्कूलको फीस माफ गरिनु पर्ने माग गर्दै आन्दोलन शुरू गरेका छन्। विद्यार्थीहरूको भनाई अनुसार हाल स्कूल बन्द रहेकोले स्कूलको कुनै पनि समान उपयोग गरिएको छैन तर पनि अभिभावकहरूबाट स्कूल फीसको नाममा किन फीस उठाउँदैछ। यसैको विरोधमा आज स्टुडेन्ट युनिट अगेन्स्ट फीस हाई-को ब्यानरमा सिलगढीको प्रधान नगरस्थित मारग्रेट स्कूलका एघारौं र बाह्रौं श्रेणीका विद्यार्थीहरूले स्कूल फीस माफ गरिनु पर्ने मागमा वर्षाको पर्वाह नगरी विरोध प्रदर्शन गरे। यसपछि  विद्यार्थीहरूले मार्गरेट स्कूलका प्रिन्सिपलसित भेट्ने प्रयास गरे तापनि तिनीहरूलाई भेट्न दिएनन्। प्रदर्शनकारी विद्यार्थीहरूले भने, लकडाउनमा हाम्रो अभिभावकहरूको काम-काज बन्द छ, आर्थिक स्थिति ठीक छैन। यस्तो स्थितिमा पनि स्कूलको फीस दिनु पर्दैछ। यदि आफुहरूको समस्या स्कूल कर्तृपक्षले समाधान नगरे विद्यार्थीहरूले आन्दोलन गर्ने धम्की दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.