स्कुल फिस माफ गरिनुपर्ने मागमा जिल्ला विद्यालय निरीक्षकलाई ज्ञापन

सिलगढी : स्कुल फिस माफ गरिनुपर्ने माग गर्दै आज स्टुडेन्ट युनिटी अगेन्स्ट फि हाइक-को तर्फबाट जिल्ला विद्यालय निरीक्षकलाई एउटा ज्ञापन पत्र चढाइयो। कोरोना महामारीको समयमा सबै शिक्षण संस्थानहरू धेरै समय अघिदेखि बन्द अवस्थामा रहेको छ। अर्कोतिर, माध्यमिक तथा उच्च माध्यमिक परीक्षा रद्द भए तापनि परीक्षाको शुल्क फिर्ता नदिएको विद्यार्थीहरूको आरोप रहेको छ। यसैले आज विद्यार्थीहरूले केही समयसम्म जिल्ला विद्यालय निरीक्षक कार्यालय अघि हातमा प्ला कार्ड बोकेर धरना प्रदर्शन गरे। यस अवधि प्रदर्शनकारी विद्यार्थीहरूले चाँडोभन्दा  चाँडो परीक्षा शुल्क फिर्ता दिइनुपर्ने साथै स्कुल फिस माफ गरिनुपर्ने माग गरे। संगठनका सदस्य जाकिर हुसेनले कोरोना महामारीले गर्दा हाल धेरैजसो परिवार बेरोजगार भएकोले धेरैजसो विद्यार्थीका अभिभावकहरू स्कुल फिस तिर्न असमर्थ छन्। अर्कोतिर, जिल्ला विद्यालय निरीक्षक राजीव प्रमाणिकले यसबारे उच्च अधिकारीहरूलाई अवगत गराउने साथै यसबारे विचार गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi giriş