स्कुल गइरहेको समय बाटोमा करेन्ट लागेर छात्राको मृत्यु

मालबजार : स्कुल गइरहेको समय सडकमा करेन्ट लागेर माल ब्लकको साईली चियाकमानको चेल लाइन निवासी 10 वर्षीय छात्रा प्रिया टोप्पोको मृत्यु भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार प्रिया टोप्पो आज साईली हाटको मानसा हिन्दी जुनियर हाई स्कुल गइरहेको समय अघिबाटै बिजुलीको तार चुट्टिएर सडकको खाल्डोमा जमेको पानीमा रहेकोले छात्रा उक्त पानी भएर जाने क्रममा बिजुलीको करेन्ट लागेर तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि स्थानीय मानिसहरूले आक्रोश व्यक्त गर्दै मृतदेह राखेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर माल महकुमा पुलिस अधिकारीको नेतृत्वमा विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। अर्कोतिर, विद्युत विभागको तर्फबाट पीडित परिवारलाई आर्थिक क्षतिपूर्ति दिने आश्वासन दिएपछि परिस्थिति नियन्त्रणमा ल्याइएको बताइएको छ। घटनापछि इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.