स्कुलहरूमा 8 फरवरीदेखि साइकल वितरण गरिने

सिलगढी : कोरोना संक्रमणले देश भरिकै सबैजसो स्कुलहरू हालसम्म बन्द रहे तापनि अन्ततः शिक्षा विभागले आगामी 12 फरवरीदेखि राज्यको सबै स्कुलहरू खोल्ने घोषणा गरेको छ। यसैले गर्दा सबै स्कुलहरूमा आवश्यक तयारी भइरहेको छ। कोरोना संक्रमणबाट बाँच्नको लागि केही नियमहरू पालन गर्दै विशेष गरेर नवौँदेखि बाह्रौँ श्रेणीसम्मको विद्यार्थीहरूको लागि 12 फरवरीदेखि पठन पाठन शुरू गरिने भएको छ। धेरै दिनदेखि स्कुलहरू बन्द अवस्थामा रहेकोले गर्दा सबुजसाथी योजना मार्फत् विद्यार्थीहरूलाई साइकल प्रदान गरिएको छैन। यसैले जिल्ला शिक्षा सेलको निर्देशअनुसार स्कुल खोलिन अगावै आगामी 8 फरवरीदेखि सबै स्कुलहरूमा सबुज साथी योजनामार्फत् विद्यार्थीहरूलाई साइकल वितरण गर्ने भएकोले गर्दा जिल्लाको विभिन्न ब्लकको स्कुलहरूमा यसको तयारी शुरू भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *