स्कुल जाने क्रममा बाइक दुर्घटनामा 2 जना छात्रा घाइते

अलिपुरद्वार : स्कुल गइरहेको समय बाइक दुर्घटना हुँदा 2 जना छात्रा घाइते भएकी छन्। घाइते छात्राहरू जबा राय र शिवानी रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान जबा र शिवानी एउटा साइकलमा सवार भएर पाटकापाडा कालीबारी स्कुल गइरहेको समय सडक पार गर्ने क्रममा एउटा बाइक अनियन्त्रित भएर साइकललाई धक्का ती दुईजना छात्रा सडकमा लडिन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार जबा रायको टाउकोमा चोट लागेको छ भने शिवानी राय घाइते भएकी छन्। स्थानीय मानिसहरूको सहयोगमा ती दुईजना छात्रालाई तत्कालै उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगेपछि त्यहाँबाट अलिपुरद्वारा जिल्ला अस्पतालमा रेफर गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *