स्कुलको बरान्डामा पढाएको विरोधमा अभिभावकहरूद्वारा स्कुलमा विक्षोभ प्रदर्शन

सिलगढी : स्कुलमा मिड-डे मील, खाता-किताब, स्कुलको युनिर्फम, जुत्ता सबै उपलब्ध गराए तापनि स्कुलमा विद्यार्थीहरू बरान्डामा बसेर पढ्न बाध्य छन्। घाम तथा वर्षाको मौसममा पनि विद्यार्थीहरूले बरान्डामै बसेर परीक्षा दिन बाध्य छन्। स्कुलमा कक्षाको कुनै कमी नभए तापनि विद्यार्थीहरूलाई बरान्डामै बसाएर पढाएको देखेर अभिभावकहरूले स्कुल प्रबन्धनविरुद्ध क्षोभ प्रकट गरे। उक्त घटना सिलगढीको 27 नम्बर वार्डको जोत्सनामयी प्राइमरी स्कुलको हो। गरमको विदा समाप्त भएर स्कुल खोलेपछि घाम तथा वर्षाको मौसममा पनि स्कुलका साना विद्यार्थीहरूले बरान्डामै बसेर क्लास गरिरहेका छन्। यसै विषयलाई लिएर आज अभिभावकहरूले स्कुलभित्र प्रवेश गरेर विरोध प्रदर्शन गर्दै स्कुल प्रबन्धनलाई चाँडोभन्दा चाँडो स्कुलमा कोठाको संख्या बढाउने माग गरेका छन्। त्यहीँ भवनमा एउटा हाई स्कुल पनि रहेको छ।  स्कुलका प्रभारी शिक्षकले बताएअनुसार स्कुलमा कोठाको कमी रहेको छ। यस विषयमा जिल्ला स्कुल निरीक्षक कार्यालयलाई जानकारी गराइसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *