स्कुलको वार्षिक खेलकुद प्रतियोगिताको आयोजना

राजगञ्ज : राजगञ्जको पीके राय हाई स्कुलमा आज वार्षिक क्रीड़ा प्रतियोगिताको आयोजना गरियो। मंगलबार उक्त क्रीड़ा प्रतियोगिताबाहेक भूमिदाताको सालिग पनि अनावरण गरियो। यस अवसरमा सेनिटेरी नेपकिन भेन्डिङ मसिनलगायत एउटा आधुनिक शौचायलको पनि उद्घाटन गरियो।  स्कुलका प्रधानाध्यापक प्रदीप चौधरीले बताएअनुसार स्थानीय घगासिंग राय नाम गरेका एकजना व्यक्तिले स्कुल बनाउनको लागि 6 बिघा जमीन दान स्वरूप दिएका थिए। यसैले तिनलाई सम्मान जनाउने उद्देश्य लिएर तिनको सालिगको अनावरण गरिएको हो। यस अवसरमा राजगञ्जका बीडीओ एनसी शेर्पा, पञ्चायत समितिका अध्यक्ष पूर्णिमा राय मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *