स्कुलको दुई महिनाको शुल्कमा छुट

मिरिक : मिरिक महकुमा अन्तर्गत पर्ने पानीघट्टा बीएल मेमोरियल हाई स्कुलका संस्थापक एवम् निर्देशक द्वारिका प्रसाद अग्रवालले हाल कोरोना महामारीको कारण अभिभावकहरूको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर दुई महिना स्कुलको शुल्कमा छुट दिएको बताएका छन्। तिनले विद्यालय व्यवस्थापन समितिले यसबारे गम्भीरतासित छलफल गरेर नर्सरीदेखि आठौँ श्रेणीसम्मलाई 12 महिनामा दुई महिनाको स्कुल मासिक शुल्क नलिइने निर्णय गरेको जानकारी दिँदै कोरोना महामारीमा विद्यालयले विद्यार्थीहरूको पढाइलाई अनलाइन अथवा अफलाइन अनि वाट्सएपको माध्यमद्वारा निरतन्तरता दिएको पनि बताए। अनलाइन क्लास गराउँदा धेरैजना विद्यार्थीहरूलाई नेटको समस्या भएकोले गर्दा अफ लाइन क्लास समेत गराएको तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *