स्कुलको नयाँ भवन निर्माणको लागि छाया मैत्रद्वारा 5 लाख रुपियाँको चेक प्रदान

सिलगढी : जलपाईगढी रानीनगर अवस्थित श्री श्री सुदिन कुमार मित्र विद्यापीठ स्कुलको नयाँ भवन निर्माण गर्नको लागि सिलगढी कलेजपाडा निवासी छाँया मैत्रले 5 लाख रुपियाँको चेक प्रदान गरिन्। मातृसदन जनकल्याण आश्रमको पहलमा 2018-मा रानीनगरका छात्रहरूको लागि एउटा अङ्ग्रेजी माध्यम स्कुल शुरू गरिएको थियो। अब उक्त स्कुलको कक्षाहरू बढ़ाउने योजना रहेकोले छ भने यसको लागि नयाँ भवनको आवश्यकता रहेको छ। यसैले कलेजपाड़ा निवासी छाँया मैत्रले उक्त स्कुलको नयाँ भवन निर्माणको लागि मातृसदन जनकल्याण आश्रमलाई 5 लाख रुपियाँको चेक प्रदान गरिन्। तिनले यसभन्दा अघि पनि धेरै सामाजिक कार्यहरू गर्दै आइरहेकी छन्। तिनले बताएअनुसार धेरै समय अघिदेखि नै मातृसदन जनकल्याण आश्रमसित आफू जोडिएका थिए। तिनी रानीनगरमा अवस्थित उक्त स्कुलमा पनि गइन्। तिनले स्कुलका विद्यार्थीहरूलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *