स्कुटी चोरी गरेको आरोपमा सिलगढीमा 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले स्कुटी चोरी गरेको आरोपमा हिजो राति 2 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू सिलगढीको सुकान्त पल्ली तथा लेकटाउन इलाका निवासी प्रीतम मण्डल र सुमित ठाकुरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति पुलिसले ती दुई युवकलाई संदिग्ध रूपमा सिलगढीको तीनबत्ती मोड़ इलाकामा घुमफिर गरिरहेको देखेपछि पुलिसले तिनीहरूसित सोधखोज गर्नको साथै वैध कागजपत्र नभएको एउटा स्कुटी पनि उद्धार गरेको छ। उक्त स्कुटी चोरी गरेको हुनसक्ने आशंकामा पुलिसले ती दुई युवकलाई पक्राउ गरेर थानामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *