एसडीएफ-का पूर्व विधायकहरू एसकेएम-मा सामेल

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी आफ्नो कार्यपद्धति, वचनबद्धतामा प्रखर रहेर सिक्किमेली जनताको हितमा निरन्तर लागेको कारण यसबाट प्रेरित बनेर हाल विपक्षी पार्टीहरू त्यागेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा प्रवेश गर्ने क्रम चलिरहेको छ। यसैक्रममा आज 13औं रोलु दिवस (रोलु पूजा)-को अवसरमा सिक्किमेली राजनीतिका दुई चर्चित व्यक्तित्व तथा पूर्व विधायकद्वय सोनाम डाडुल भोटिया र बिक्रम प्रधान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्।


यस अवसरमा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पीएस गोलेले तिनीहरूलाई खदा लगाइ दिएर आफ्नो पार्टीमा स्वागत जनाउँदै दलीय झन्डा प्रदान गरे। स्मरण रहोस्, आज एसकेएम पार्टीमा सामेल हुने पूर्व विधायक सोनाम डाडुल भोटिया पश्चिम सिक्किमको योक्सम-टाशीडिङ निर्वाचन क्षेत्रका पूर्व विधायक हुन् भने बिक्रम प्रधान छुजाचेन समष्टिबाट एसडीएफ-का पूर्व विधायक हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *