एसडीएफ-का उपाध्यक्ष गणेश राईले दिए राजीनामा

गान्तोक : सिक्किमको राजनीतिमा नयाँ समीकरणको शुरूआत हुने देखिएको छ। आज गान्तोकमा पत्रकार सम्मेलनको आयोजना गरेर एसडीएफ (सिक्किम डेमोक्रेटिक फन्ड) उपाध्यक्ष गणेश राईले आफ्नो पद तथा पार्टीबाट राजीनामा दिएको घोषणा गरे। स्मरण रहोस्, गत केही दिन अघि मात्र सिक्किममा आउँदो केही महिनाको अवधिमै नयाँ राजनैतिक पार्टी गठन गर्ने घोषणा गरेपछि आज एसडीएफ-का उपाध्यक्ष गणेश राईले आधिकारिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *