सिक्युरिटी गार्ड हत्याकाण्डका आरोपी निखोज, फरेन्सिक टीम घटनाको जाँच गर्न आउने

सिलगढी : सिलगढीको फुलबारीमा सुरक्षाकर्मीको हत्याको घटनाका आरोपीलाई पुलिसले हालसम्म पक्राउ गर्न सकेको छैन। उक्त घटनाको जाँच गर्नको लागि फरेन्सिक टीम आउने भएको छ। स्मरण रहोस् गत बुधवार राति लक्ष्मीजोत इलाकामा दीपाङ्कर दास नाम गरेको सुरक्षा गार्डको खुनले लतपत अवस्थामा शव उद्धार भएको थियो। मृतक दीपाङ्कर दास फालाकाटा निवासी थिए। मृतकको परिवारका सदस्यहरूले गत मङ्गलबारदेखि दीपङ्करलाई बारम्बार फोन गर्दा नउठाएपछि तिनीहरूले सिक्युरिटी एजेन्सीमा फोन गरेका थिए। यसपछि एजेन्सीका सदस्यहरू लक्ष्मीजोत इलाकामा गएर हेर्दा रक्ताम्मे अवस्थामा दीपङ्करको शव देखे। एनजेपी थाना पुलिसले हत्याकाण्डको जाँच शुरू गरेको छ। हिजो बिहिबार उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा शव पोस्टमार्टम गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार जमिनको गेटभित्रबाट बन्द थियो। आरोपीले हत्यापछि देवाल पार गरेर भागेको हुनसक्ने पुलिसले अनुमान लगाएको छ। मृतक दीपाङ्कर दासले गत डेढ महिनादेखि फुलबारीमा एउटा खाली जमिनमा सुरक्षा गार्डको रूपमा काम गर्दै आइरहेका थिए। पुलिसले मृतक व्यक्ति क-कसको सम्पर्कमा थिए साथै उक्त ठाउँमा को-को आउने गर्थे भन्ने विषयमा जाँच गरिरहेको छ। यसको साथै हत्याको पछि रुपियाँको लेनदेन छ अथवा छैन भन्ने विषयमा पनि पुलिसले जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes