सेफ्टी ट्याङ्की सफा गर्दा दुईजनाको मृत्यु

कुचबिहार : सेफ्टी ट्याङ्की सफा गर्न जाँदा विषाक्त ग्यासले श्वास रोकिँदा दुईजनाको मृत्यु भएको घटना प्रकाशमा आएको छ। कुचबिहारको पुन्डीबारी थाना अन्तर्गत चकचका ग्राम पञ्चायतको पेस्टारझाड इलाकामा उक्त घटना घटेको हो। मर्नेहरूमा बिजय सरकार र प्रणब सरकार सामेल छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार पोस्टरझाड इलाका निवासी कालिदास देवनाथको घरमा केही श्रमिकहरू सेफ्टी ट्याङ्की सफा गर्न गएका थिए। सर्वप्रथम बिजय ट्याङ्कीभित्र प्रवेश गरेपछि केही क्षणमै विषाक्त ग्यासले निस्सासिएर तिनी छटपटाउन थाले। यसपछि बिजयलाई बचाउन प्रणब ट्याङ्कीभित्र पस्दा विषाक्त ग्यासले निस्सासिएर घटनास्थलमै दुवैको मृत्यु भएको बताइएको छ। यसको साथै अझ एकजना श्रमिक ट्याङ्कीभित्र पस्दा अस्वस्थ्य भएपछि तिनलाई तत्कालै अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुगेर दुईजनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *