सेलेम्बोङ चियाबारीका सुजित चामलिङ आर्ट एण्ड क्राफ्ट तयार गरेर छुट्टै कीर्तिमान स्थापित गर्न सफल

सुकेपोखरी : पोख्रेबोङ ग्राम पञ्चायत एक अन्तर्गत सेलेम्बोङ चियाबारी स्कूल गाउँ निवासी 40 वर्षीय सुजित चामलिङ आर्ट एण्ड क्राफ्ट तयार गरेर छुट्टै कीर्तिमान स्थापित गर्न सक्षम बनेका छन् । सामाजिक कार्यकर्ता राजेश खवासले दिएको जानकारी अनुसार सुजित चामलिङ 10 वर्षको हुँदादेखि नै यसतर्फ अग्रसर बनेका व्यक्ति हुन । लगभग तीस वर्षको अवधिभित्र तिनले तयार गरेका सामाग्रीहरू दार्जीलिङ जिल्लाको विभिन्न क्षेत्र तथा कोलकाता लगायत अन्य ठाउँमा भएको प्रदर्शनीमा प्रदर्शन गरिसकेका छन् भने एकाधिक प्रमाण पत्रसमेत तिनले प्राप्त गरेका छन्।


   

तिनले फ्याँकिएका बियरका बोतल, माटो, बाँस आदिबाट माछा, ट्रे, फूलदानी,घरहरू आदि तयार गरेका छन् । चित्रकलामा समेत पारङ्गत तिनको अर्को रूचीको विषय सिक्का सङ्ग्रह पनि हो। पछिल्लो समयमा धेरै वर्ष अघि तिनले आफ्नो एकल प्रदर्शनी राखेका थिए । यसपछि भने आफ्नो घरमा यी सामग्री तयार गर्नका साथै बेचबिखन पनि गर्दै आएको तिनले बताएका छन्। उल्लेखित कार्यक्षेत्रमा सङ्लग्न रहेको खण्डमा आत्मिक आनन्द प्राप्त हुने, समयको सदुपयोगसँगै फ्याँकिएका सामग्रीलाई रूपान्तर गरेर पुनः काममा लगाउन सकिने साथै व्यवसायिक रूपमा सञ्चालन गरेर आय आर्जन समेत गर्न सकिने मन्तव्य तिनले जाहेर गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *