सेलेम्बोङ चियाबारी सांस्कृतिक कार्यक्रम सम्पन्न

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत एकको सेलेम्बोङ चियाबारी डाकमान डाँड़ा नव जागरण समितिको पहलमा तिहारको अवसरमा सांस्कृतिक कार्यक्रम आज सम्पन्न गरियो।


समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिमा तथा युवा युवतीको सक्रियतामा सम्पन्न कार्यक्रममा कलाकारहरूले गीत र नृत्यहरू प्रस्तुत गरेका थिए। यसैबिच रिशु प्रधानद्वारा लिखित नाटक “दशैं”-को पनि मञ्चन गरिएको शिक्षक मोहन प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *