सेलुन तथा ब्युटी पार्लरहरू 50 प्रतिशत ग्राहकहरूको उपस्थितिमा खोल्न सक्ने

सिलगढी : 50 प्रतिशत ग्राहकहरूको उपस्थितिमा सेलुन तथा ब्युटी पार्लरहरू खोल्न सक्ने आज कोलकाताको नवान्नको तर्फबाट निर्देशिका जारी गरेको छ। स्मरण रहोस्, कोरोनाको संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर गत 2 जनवरीमा सबै शिक्षा प्रतिष्ठान, स्विमिङ पुल, जिम, सेलुन तथा ब्युटी पार्लर बन्द राख्ने निर्देशिका जारी गरेको थियो। आज फेरि नवान्नको तर्फबाट एउटा निर्देशिका जारी गरेर सेलुन तथा ब्युटी पार्लरहरू 50 प्रतिशत ग्राहकहरूको उपस्थितिमा खोल्न सक्ने बताइएको छ। सेलुन तथा ब्युटी पार्लरहरू राति 10 बजीसम्म खुल्ला राख्न सकिनेछ भने पार्लर तथा सेलुनका कर्मचारीहरूले कोरोना भाइरसको दोस्रो खोप लगाएको हुनुपर्ने आवश्यक रहेको छ। यसको साथै कोरोनाको सबै नियमहरू पालन गरेर मात्र सेलुन तथा ब्युटी पार्लरहरू खुल्ला राख्ने निर्देश जारी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *