सेनाको परिचय दिएर मानिसहरूको रुपियाँ ठग्ने व्यक्ति पक्राउ

सिलगढी : सेनाको परिचय दिएर मानिसहरूबाट रुपियाँ ठगेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति विकास छेत्रीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो आर्मी इन्टेलिजेन्स र बाघडुग्रा थाना पुलिस संयुक्त अभियान चलाएर बाघडुग्राको भुजियापानी इलाकाबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ। सेनाको भर्ती हुनको लागि तयारी गरिरहेका युवक-युवतीहरूलाई रुपियाँ लिएर नोकरी लगाइदिने प्रलोभन देखाउने गरेको पक्रा परेका व्यक्ति विरुद्ध आरोप रहेको छ। उक्त व्यक्तिले गत 5 वर्षदेखि सेनाको नामको गलत प्रयोग गरिरहेका थिए भने पुलिसले आरोपीबाट केही नकली कागजपत्र पनि उद्धार गरेको छ। धेरै समयदेखि सेना तथा पुलिसले आरोपीको खोजी गरिरहेको थियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *