सेनाको वाहनसित ट्रक ठोक्किँदा एकजना घाइते

मदारीहाट : सेनाको वाहनसित ट्रक ठोक्किँदा एकजना घाइते भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान साढे दस बजी मदारीहाट थानाको राङ्गालीबाजना चौपथीमा 48 नम्बर एसियन हाइवेमा सेनाको वाहनसित एउटा ट्रक ठोक्किँदा ट्रक चालक घाइते भएको बताइएको छ। घटनापछि घाइते चालकलाई उद्धार गरेर वीरपाडा अस्पतालमा भर्ना गरिएको छ घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *