सेनामा भर्नालाई लिएर प्रधानमन्त्री र रक्षामन्त्रीलाई पत्राचार

दार्जिलिङ: गोर्खा राष्ट्रिय भुतपूर्व सैनिक संगठनले गोर्खा जवानहरुको भर्ती विषयलाई लिएर दार्जिलिङका सांसद राजु बिष्टमार्फत प्रधानमन्त्री अनि रक्षा मन्त्रीलाई पत्राचार गरेको छ। उक्त पत्राचार गर्नुको मुख्य उद्देश्य गोर्खा समुदायका जवानहरूले भारतीय सेनामा भर्ना हुँदा 33 प्रतिशत माध्यमिक परीक्षामा अंक ल्याएको हुनु पर्ने अनिवार्य रहेकोले गर्दा धेरैजसो गोर्खा जवानहरू यसबाट वञ्चित बन्न पुगेका छन्। यसैले गर्दा साधरण उतीर्ण अंक ल्याएर माध्यमिक गरेका गोर्खा जवानहरूलाई भारतीय सेनामा भर्ना गरिदिया जावोस् भन्ने उक्त पत्रमा उल्लेख गरिएको बताइएको छ। यसबारे गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनका कार्यकारिणी अध्यक्ष रिंगा तामाङले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *