सेनामा कन्ट्र्याक्चुअल नियुक्तिको विरोध गर्दै युवकहरूले सिलगढीमा गरे विक्षोभ प्रदर्शन

सिलगढी : सेनामा कन्ट्र्याक्चुअल नियुक्तिको विरोधमा तथा स्थायी नोकरीको मागमा आज बिहानैदेखि धेरैजना युवकहरूले सिलगढीमा व्यापक विक्षोभ प्रदर्शन गरे। आज बिहान सिलगढीको भक्तिनगर थाना इलाकाबाट सयभन्दा अधिक युवकहरूले एउटा र्‍याली निकालेर सेभोक रोड, विधान रोड परिक्रमा गरेपछि सिलगढीको देशबन्धु चित्तरञ्जन दास फ्लाईओभरमा टायर जलाएर विक्षोभ देखाए। यसपछि सिलगढी मेट्रोपोलिटन पुलिसको विशाल पुलिस वाहिनीले उक्त र्‍यालीलाई एनजेपी पाइलाइन नजिक रोकिदिएको बताइएको छ। विक्षोभकारी युवकहरूको माग अनुसार सेनामा कन्ट्र्याक्चुअल नियुक्ति गरिने कुरा गरिएकोले यसलाई चाँडै रद्द गरिनुपर्छ। यसबाहेक धेरै दिनदेखि स्थायी पदको नियुक्ति प्रक्रिया बन्द रहेकोले यसलाई चाँडै लागू गरिनुपर्ने माग गर्दै आज एउटा विक्षोभ र्‍याली निकालिइएको विक्षोभकारीहरूले बताए। पुलिसको आश्वासनपछि तिनीहरूले र्‍याली बन्द गरेर एउटा प्रतिनिधि टोलीले प्रशासनसित भेट गरेर ज्ञापन पत्र चढाएको बताइएको छ। परिस्थिति नियन्त्रण गर्नको लागि सिलगढी मेट्रोपोलिटन पुलिसको विशाल पुलिस वाहिनी तैनाथ गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *