सेप्टेम्बर महिनामा नगरपालिका चुनाउ हुन सक्नेछ : अनित थापा

कालेबुङ : जीटीए चुनाउमा जीत हासिल गरेपछि आज पहिलोपल्ट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल तीन दिने भ्रमणमा कालेबुङ आइपुगेका छन्। अनित थापाले आज बिहान 9 बजी दार्जिलिङदेखि आफ्नो भ्रमण सुरु गरे भने पेसोक आइपुग्दा बाटामा समर्थक तथा कार्यकर्ताहरूले तिनलाई खदा लगाइदिएर स्वागत जनाए। यसैगरी, टिस्टामा पनि जिल्ला समितिका पदाधिकारी तथा कार्यकर्ताहरूले तिनलाई भव्य स्वागत जनाएपछि वाहन अनि बाइकको लस्कर माझ अनित थापाको यात्रा कालेबुङको उकालो लाग्यो। कालेबुङ पुग्न अघि अनित थापालाई बाटामा ठाउँ-ठाउँमा समर्थक तथा कार्यकर्ताहरूले स्वागत जनाए।


कालेबुङ थाना डाँडामा तिनलाई विधायक रुदेन् सादा लेप्चा, सीबी गुरुङ अनि विनय घिसिङले भव्य स्वागत गरेपछि त्यहाँबाट सोझै कालेबुङको डेलोमा पुगे। डेलोमा तिनी आगामी तीन दिनसम्म बस्ने छन् भने आगामी दुई दिनमा तिनले साङ्गठनिक सभा साथै प्रशासनिक बैठकहरू गर्ने बताइएको छ। कालेबुङमा पत्रकारले नगरपालिका चुनाउबारे सोधेको प्रश्नको जवाब दिँदै अनित थापाले आगामी सेप्टेम्बर महिनामा नगरपालिकाको चुनाउ हुनसक्ने बताए।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *