सेफ्टी ट्याङ्कीको काम गरिरहेको समय निस्सासिएर दुई दाजु-भाइको मृत्यु

कुचबिहार: सेफ्टी ट्याङ्कीको काम गरिरहेको समय निस्सासिएर दुई दाजु-भाइको मृत्यु भएको छ। उक्त घटना कुचबिहारको दिनहाटाको बडनाचिना इलाकामा घटेको हो। मृतकहरूमा सादिकुल हक र नवीर हकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सादिकुल हकले आज घरमा सेफ्टी ट्याङ्कीको काम गरिरहेको समय ट्याङ्कीको ग्यासले निस्सासिएपछि तिनी चिच्याउन थाले। यसपछि दाजु नवीर हक तिनलाई बचाउन ट्याङ्कीमा पस्दा ट्याङ्कीको ग्यासले निस्सासिएर दुवैको मृत्यु भएको बताइएको छ। दमकलका कर्मचारीहरू घटनास्थलमा पुगेर दुवै दाजु-भाइको शव उद्धार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *