सर्भिस रिभल्बरले गोली ठोकेर पुलिस अधिकारीद्वारा आत्महत्या

सिलगढी : एकजना पुलिस अधिकारीले सर्भिस रिभल्बरले आफैलाई गोली ठोकेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक पुलिस अधिकारी सुदीप छेत्रीको रूपमा चिन्हित गरिएको छ। सेभोक आउटपोस्ट पुलिस थानामा तिनी डेढ वर्षदेखि एएसआईको पदमा कार्यरत थिए भने उक्त क्षेत्रमै घर भाँड़ामा लिएर बस्दै आइरहेका थिए। प्राप्त जानकारी एएसआई सुदीप छेत्रीले गत राति सर्भिस रिभल्बरले टाउकोमा गोली ठोकेर आत्महत्या गरेको बताइएको छ। घाइते अवस्थामा तत्कालै तिनलाई सेभोक रोडस्थित एउटा गैर सरकारी नर्सिङहोममा लगे तापनि त्यहाँ डाक्टरले तिनलाई मृत घोषित गरिदिए। के कारणले गर्दा तिनले आत्महत्या गरेको भन्नेबारे हालसम्म थाहा लागेको छैन। घटनाको खबर सुनेर तिनको परिवारका सदस्यहरू अस्पतालमा आइपुगे। आज दिउँसो तिनको मृतदेह पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक सुदीप छेत्री क्रिकेट खेलाडी थिए भने यसले गर्दा तिनको धेरैजनासित चिनाजाना थियो। तिनी मालदा निवासी हुन् भने तिनले आफूपछि स्वास्नी, सानो छोरी, आमा र भाइलाई छाडिगएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *