सर्भिलेन्स कमिटी तथा समष्टि सभापतिले गरे कोरोन्टाइन सेन्टरको भ्रमण

बिजनबारी : पूल बिजनबारी गोक समष्टी सर्विलेन्स कमिटी संयोजक राजेश सुब्बा अनि समष्टी गोजमुमो सभापति एसएम राईले आज बिजनबारी बजारदेखि केही माथि समालबोङमा स्थित पुरानो डिग्री कलेजमा बनाएको कोरोन्टाइन सेन्टरको परिभ्रमण गरेर यहाँ बसेका मानिसहरूसँग भलाकुसारी गरे। मुम्बईबाट आ-आफ्नो घर फर्की आएका 21 जनालाई गत केही दिनदेखि  यस क्वारेन्टाइन सेन्टरमा राखिएको छ ।


रिम्बक- तकभर मिलनबस्ती अगम चोक बिजनबारी क्षेत्रकाहरुलाई जीटीएको सहयोगमा स्वयंसेवीहरुको निगरानीमा  प्रारम्भिक जाँच पछि उक्त क्वारेन्टाइन सेन्टरमा ल्याइएको थियो। भ्रमण अवधि समष्टीको पक्षबाट केही प्रोटिन खाद्य, मिनरल वाटर लगायत मास्क प्रदान गरियो । केन्द्रको व्यस्थापनसँग आफुहरू सन्तुष्ट रहेको क्वारेन्टाइनमा बस्नेहरुले जनाए। तिनीहरूले मुम्बईदेखि घऱसम्म ल्याउने व्यवस्था मिलाइ दिएकोमा जीटीए अध्यक्षप्रति कृतज्ञता प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *