सेभोक-रम्फू रेलवे परियोजनाको टनल भत्किँदा दुईजनाको मृत्यु, पाँच घाइते

कालेबुङ: सेभोक-रम्फू रेलवे परियोजना अन्तर्गत एउटा टनलमा पैह्रो गएर दुईजनाको मृत्यु भएको छ भने अन्य पाँचजना श्रमिक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार निर्माणाधीन अवस्थामा रहेको सेभोक-रम्फू रेल परियोजना अन्तर्गत कालेबुङ जिल्लाको भालुखोला टनलको एक भाग गत राति लगभग 10:30 बजे भत्किएपछि त्यहाँ कार्यरत श्रमिकहरू टनलभित्र पुरिए। यसपछि तत्कालै दुर्घटनास्थलबाट सातजना श्रमिकहरूलाई उद्धार गरेर कालेबुङको जिल्ला अस्पतालमा लगियो जहाँ दुईजनाको मृत्यु भयो भने अन्य पाँचजना घाइते भएका छन्। घाइतेहरूमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेकोले तिनीहरूलाई कालेबुङ अस्पतालबाट उपचारको निम्ति सिलगढीको एउटा नर्सिङ होममा लगिएको छ। दुर्घटनामा पर्ने सबै मजदुरहरू बिहार निवासी रहेको थाहा लागेको छ। स्मरण रहोस्, सन् 2018-मा शुरू भएको 4 हजार करोड रुपियाँको लागतमा यस रेल लाइन हाल निर्माण भइरहेको छ। 44.98 किलोमिटरको यस रेल लाइनको लगभग 86 प्रतिशत भाग मोठ 14 वटा टनलभित्र पर्दछ भनी सम्बन्धित सूत्रले जनाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *